पहिरोका कारण अवरुद्ध भएको रसुवाको पासाङ्ल्हामु मार्ग सञ्चालनमा आएको छ।
रसुवा– भारी वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध भएको रसुवाको पासाङ्ल्हामु मार्ग सञ्चालनमा आएको छ।
सडक सञ्चालनमा आएसँगै ग्राङ र ठाडेबीच मूलखर्क भन्ने स्थानमा अलपत्र यात्रुवाहक बसलगायत सयौँ सवारीसाधन आफ्नो गन्तव्यतर्फ गइसकेका छन्।
प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार गएरातिको वर्षाका कारण पहिरोसँगै बगेको ढुंगा सडक सतहमा थुप्रिएपछि दिनभरको प्रयासबाट नुवाकोटदेखि एक्स्काभेटर सहितको ‘ब्रेकर’ झिकाइ ढुंगा फुटालेर सडक सफा गरी पूर्ण रूपमा सवारी आवागमन सञ्चालन गरिएको छ।
सडक सञ्चालनसँगै चीनको मानसरोवर कैलाश तथा रसुवाको गोसाईंकुण्ड जाने यात्रु तथा स्थानीय नागरिक र चिनियाँ सामान आयातका लागि ढुवानी गर्ने कन्टेनर आफ्नो गन्तव्यतर्फ गइसकेको ट्राफिक प्रहरीले जनाएको छ।
दिनभर सशस्त्र प्रहरी, नेपाल प्रहरीले पहिरो स्थलमा ओहोरदोहोर गर्ने यात्रुलाई सहजीकरण गरेको जनाइको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
