भोदीखेल धार्मिक र ऐतिहासिक महत्त्व बोकेको हुँदा थारू समुदायका अगुवाले यसको संरक्षणका लागि हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ।
मध्यविन्दु– बर्दघाट सुस्तापूर्वका थारू समुदाय लोप हुन थालेको परम्परागत भोदी खेल संरक्षणमा जुटेका छन्। अनतपर्वका अवसरमा थारू समुदायले खेल्ने भोदी खेल संरक्षणका लागि थारू युवा समूहबीच प्रतियोगिता सञ्चालन गरिएको छ।
नवलपरासीसहित तराई क्षेत्रका थारू समुदायले अनतपर्वलाई सहकालका देवता इन्द्रको पूजा गरी मनाउने गर्छन्। अनतका अवसरमा इन्द्रलाई पूजा गरी खुशी बनाए वर्षा राम्रोसँग हुने र अन्नबाली राम्रो फल्ने जनविश्वासका आधारमा विभिन्न धार्मिककार्य गरिने थारू कल्याण कारिणीसभा नवलपुरका अध्यक्ष रामप्रसाद महतोले बताए।
“अनतका अवसरमा अन्नबालीलाई आवश्यक पानी पारिदिन इन्द्र भगवान्को उपासनासँगै भोदी खेल खेल्ने चलन जिल्लामा २०५२ सालदेखि शुरू गरिएको हो,” उनले भने, “लोप हुने अवस्थाको यस खेलको संरक्षण गर्दा थारूको कला, संस्कृति र परम्परासमेत उजागर भएको छ।”
इन्द्रलाई खुशी बनाउन पिङ खेल्ने, भोदी खेल्ने परम्परा छ। भोदी खेल थारू समुदायको बाक्लो बस्ती भएको गाउँमा समूह बनाएर खेल्ने पुरानो परम्परा भए पनि पछिल्ला वर्षमा यो परम्परा हराउँदै गएको छ। थारू समुदायको पहिचान बोकेको विभिन्न चाडपर्वमध्ये अनन्त चतुर्दशी पर्वलाई पनि थारू समुदायले विशेष महत्वका साथ मनाउने गर्छन्। यस पर्व ठाउँ र परिवेशअनुसार फरक तरिकाले मनाउने गरिएको अध्यक्ष महतोले बताए।
“भोदी खेलमा एक समूहमा १० जना हुने गर्छन्, मैदानमा नौवटा लट्ठी गाडेर राखिन्छ, पालैपालो हानेर लट्ठी निकाल्ने गरिन्छ, जुन समूहले सबै लट्ठी निकाल्न सक्छ त्यो समूह नै विजयी घोषित हुन्छ”, उनले भने।
भोदीखेल धार्मिक र ऐतिहासिक महत्त्व बोकेको हुँदा थारू समुदायका अगुवाले यसको संरक्षणका लागि हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको थारू महिला अगुवा ओमकुमारी महतोले बताइन्। यसबाट नयाँ पुस्तालाई खेलको महत्त्व बुझाउन र सिकाउन सहज भएको छ।
“यहाँका थारूहरूले व्रत बसी पूजा गर्ने गर्छन्, यसै दिन व्रत बसेर लट्ठीले हानेर खेलिने मौलिक खेललाई नै भोदी खेल भनिन्छ,” उनले भने। भाद्र चतुर्दशीमा मनाइने अनतपर्व १८२५ सालदेखि मनाउन थालिएको बताइन्छ। तराई क्षेत्रका थारू समुदायले अनतपर्वलाई सहकालका देवता इन्द्रको पूजा गरी व्रत बसेर भोदी खेल्ने गर्दछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
