जाजरकोटको पहिरोमा वडा सदस्यसहित २ जना बेपत्ता

पहिरोमा पुरिएकी ११ वर्षीया सम्झना चालाउनेलाई उद्धार गरी लिम्सास्थित अस्पताल पुर्‍याइएको छ। बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।

फाइल तस्वीर।

काँक्रेविहार– जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोमा पुरिएर बारेकोट गाउँपालिका–६ का वडासदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने बेपत्ता भएका छन्। 

शनिबार राति २ बजे खसेको पहिरोमा उनीहरू पुरिएका हुन्। चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्‍याइएको वडाध्यक्ष डम्बरबहादुर महताराले बताए। 

पहिरोमा पुरिएका चलाउने दम्पतीको खोजी भइरहेको प्रहरीले जनाएको छ।