आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने ठानिएको अटवारी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका डगौरा चौधरीले मनाउने गरेका छन्।
सुदूरपश्चिम– पश्चिम तराईमा बसोबास गर्ने डगौरा चौधरी समुदायमा आइतबार ‘अटवारी’ पर्व उल्लासपूर्वक मनाइँदै छ। आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने ठानिएको अटवारी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका डगौरा चौधरीले मनाउने गरेका छन्।
वर्षा ऋतुमा खेतीको काममा निकै व्यस्त रहने यो समुदायका व्यक्ति अटवारी पर्वपछि भने कामको बोझ हटेर पाइने फुर्सदको समयको उपयोग गर्दै टोलटोलमा मौलिक सांस्कृतिक कार्यक्रमका साथ रमाइलो गर्ने गर्दछन्।
यो पर्वमा ‘अण्डी’ धानको चामलबाट मीठा परिकार पकाउने गरिन्छ। यो धानको चामल सर्वसुलभ नभएपछि अन्य जातको धानको चामल प्रयोग गर्नुपरेको यो समुदायका अगुवा बताउँछन्। अण्डी भात तथा रोटी, खुर्मा, फुलौरी, खरिया, घोंगी, गेंता टिना, मच्छी टिना, सुरिक सिकारलगायत परिकार बनाउन प्रयोग गरिन्छ।
यो पर्वमा पूजाको काम सकिएपछि छोरीबहिनीका लागि अलग्गै छुट्याएर राखिने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ। छोरी बहिनीलाई अग्रासन दिने काम सकिएपछि यो पर्वको समापन भएको मानिन्छ। पर्वको दोस्रो दिन बिहानै यसरी छुट्याइएको अग्रासन (खानाका परिकार) आफ्नी छोरीबहिनीको घरसम्म पुर्याइदिने चलन छ।
महाभारतको युद्धमा पराजित भई वनवास जान बाध्य भएका पाण्डवमध्येका भीमले वनबासमा रहेको समयमा देखाएको बहादुरीको खुशीयाली र स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन शुरू भएको डगौरा चौधरी समुदायका अगुवा बताउँछन्।
पर्वको दिनदेखि ‘बड्कीमार’ अर्थात् महाभारतको कथा वाचन गर्ने समय पनि आरम्भ भएको विश्वास गरिन्छ। अटवारी पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
