तोलामा १ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य

शुक्रबार तोलामा एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबारका लागि भने एक लाख ५२ हजार १०० निर्धारण भएको छ।

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य आइतबार तोलामा एक हजार २०० रुपैयाँले ओरालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबारका लागि भने एक लाख ५२ हजार १०० निर्धारण भएको छ।

यस्तै चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भएको चाँदी एक हजार ७५० रुपैयाँ निर्धारण भएको छ।