कारोबार भएका कुल १३ उपसमूहमध्ये आइतबार तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अंकले ओरालो लागेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कारोबार मापक नेप्से परिसूचक २५.४६ अंकले ओरालो लागेर २७०१.९० को विन्दुमा सीमित भएको छ।
यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.६३ अंकले ओरालो लागेर ४७९.७२ मा सीमित भएको छ। कारोबार भएका कुल १३ उपसमूहमध्ये आइतबार तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ।
कुल दुई करोड २२ लाख ६२ हजार ९२४ कित्ता शेयर १० अर्ब १२ करोड २४ लाख आठ जार २४८ रुपैयाँमा खरिद बिक्री भएको छ।
नेप्सेका अनुसार माहुली लघुवित्त, सिर्जनशील लघुवित्त, मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। यस्तै, मनकामना इन्जिनियरिङ हाइड्रोपावर ९.९५ र सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले ८ प्रतिशतले कमाएका छन्।
त्यस्तै, थ्री स्टार हाइड्रोपावर १०, कुमारी इक्विटी फन्ड ८.०७, गुडविल फाइनान्स ६.०५, डोल्टी पावर कम्पनी ४.५४ र मातृभूमि लघुवित्तका लगानीकर्ताले ४.४५ प्रतिशतले गुमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
