भेनेजुएलाका विपक्षी नेता एडमन्डो गोन्जालेज उरुटियालाई मड्रिडले आइतबार राजनीतिक शरण दिने घोषणा गरेको छ।
भेनेजुएलामा एक महिनाको भूमिगत जीवनपछि स्पेनमा निर्वासनमा रहेका भेनेजुएलाका विपक्षी नेता एडमन्डो गोन्जालेज उरुटियालाई मड्रिडले आइतबार राजनीतिक शरण दिने घोषणा गरेको छ।
राष्ट्रपति निकोलस मादुरोको जुलाई २८ मा भएको पुनः निर्वाचनको विरोध गर्ने गोन्जालेज उरुटियाले अभियोजनकर्तासमक्ष उपस्थित हुन लगातार तीन पटकसम्म जारी गरिएको पत्राचारलाई बेवास्ता गरेका थिए। त्यसक्रममा उनी स्पेनी सेनाको एक विमानमार्फत स्पेन पुगेको बताइएको छ ।
यसअघि, सोमबार नै म्याड्रिडका विदेशमन्त्री जोसे म्यानुएल अल्बरेसले उरुटियाले युरोपेली देशमा राजनीतिक शरणका लागि अनुरोध गरेको र स्पेनले उनलाई त्यो अनुमति दिने बताएका थिए।
भेनेजुएलाका सबै नागरिकको राजनीतिक अधिकारका लागि स्पेन प्रतिबद्ध रहेको बताउँदै उनले विपक्षी नेता स्पेनी सेनाको विमानमा प्रस्थान गरेको पुष्टि गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
