किर्ते मुद्दामा दोषी ठहर भएका लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी कारागार चलान भएका छन्।
काठमाडौँ– किर्ते मुद्दामा दोषी ठहर भएका लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी कारागार चलान भएका छन्। उनी एक वर्ष कैद भुक्तानका लागि आइतबार कारागार चलान भएका हुन्।
रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी माधव खरेलका अनुसार उनले आइतबार रुकुम जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए। त्यसपछि अदालतले कैद भुक्तानका लागि कारागार पठाएको हो।
३३ वर्षपहिले उनलाई रुकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गरेको थियो। उनलाई एक वर्ष कैद र दुई हजार जरिबानाको फैसला सुनाएको थियो।
सम्बन्धविच्छेदको मुद्दामा किर्ते कागजात पेश गरेको अभियोगमा केसीविरुद्ध मुद्दा चलेको थियो। सो मुद्दामा २०४८ असार ९ गते तत्कालीन रुकुम जिल्ला अदालतले केसीलाई कैद र जरिबानाको फैसला सुनाएको हो। त्यसयता उनी फरार रहेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
