एक महिलाको हत्या गरेको आरोपमा काठमाडौँ महानगर–३ बसुन्धारा क्षेत्रबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा सिरहा घर भई हाल काठमाडौँ महानगरपालिका–३ बसुन्धारा बस्दै आएकी एक महिलाको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–३ का ४० वर्षीय रामविनय महरी तथा सर्लाहीको बसगरिया गाउँपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–३ बसुन्धारा बस्ने २४ वर्षीय सन्तोषराम महरा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
यही भदौ २० गते गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित ढुंगाको चेपभित्र महिलाको शव भेटिएपछि जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धको टोलीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानकै क्रममा दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो।
रामविनय र सन्तोषरामलाई शनिबार काठमाडौँ महानगर–३ बसुन्धारा क्षेत्रबाट पक्राउ गरिएको हो। मृतक महिलाका आफन्तहरू अहिलेसम्म सम्पर्कमा नआएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
ब्राउन सुगरसहित दुई जना पक्राउ
बाँकेको नेपालगन्ज उपमहानगर–११ बीपी चोकबाट अवैध लागुऔषध ब्राउन सुगर ७०० मिलिग्रामसहित दुई जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगर–१ बस्ने ४१ वर्षीय सुबोध क्षेत्री र बर्दिया मधुवन नगरपालिका–६ बस्ने २१ वर्षीया रिना शाही ठकुरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
