माछा मार्ने क्रममा शुक्रबार राप्ती नदीमा डुबेर बेपत्ता भएका दुईमध्ये एक जनाको शब भेटिएको छ।
चितवन– राप्ती नदीमा डुबेर बेपत्ता भएका दुईमध्ये एक जनाको शब भेटिएको छ।
शुक्रबारदेखि राप्ती नदीमा बेपत्ता भएका भरतपुर महानगर–२५ का ४३ वर्षीय सञ्जीवकुमार चौधरीको शव आइतबार भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार बेपत्ता भरतपुर महानगर–२७ का ४५ वर्षीय शुक्रबहादुर परियारको खोजी जारी रहेको छ।
भरतपुर महानगरपालिका–२७ जमुनाघाटस्थित राप्ती नदीमा माछा मार्न गएका उनीहरू बेपत्ता भएका थिए।
नदीमा डुबेर एक किशोरी बेपत्ता
कैलालीको खुटिया नदीमा डुबेर आइतबार एक किशोरी बेपत्ता भएकी छन्।
बेपत्ता हुनेमा धनगढी उपमहानगर–१४ जी गाउँ बस्ने की १६ वर्षीया जेनिशा अवस्थी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराले जानकारी दिए।
उनका अनुसार धनगढी उपमहानगर–१५ र ७ को बीचमा पर्ने वेली पुलनजिकै खुटिया नदीमा नुहाउने क्रममा अवस्थी र उनकी बहिनी १४ वर्षीया सवी अवस्थी डुबेका थिए।
प्रहरी र स्थानीयको सहयोगमा सवीको उद्धार गरिउको थियो। जेनिशा भने बेपत्ता भएकी छन्। सवीको अवस्था गम्भीर रहेको र बेपत्ता जेनिशाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
