कोशी प्रदेशमा डेंगीबाट गत साउनदेखि हालसम्म १ हजार ६५ जना संक्रमित भएका छन्।
झापा– कोशी प्रदेशमा डेंगीबाट गत साउनदेखि हालसम्म १ हजार ६५ जना संक्रमित भएका छन्। यस अवधिमा डेंगी संक्रमणका कारण झापामा दुई जनाको मृत्यु भएको छ।
स्वास्थ्य कार्यालयका डेंगी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेंगीबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजंग बस्नेत रहेका छन्। झापामा साउन १ गतेयता संक्रमितको संख्या १२८ पुगिसकेको छ।
कोशी प्रदेशमा यस अवधिमा सबैभन्दा बढी मोरङमा संक्रमितको संख्या ५३२ पुगेको छभने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेंगीका संक्रमित धेरै पाइएको छ। ताप्लेजुङमा भने डेंगीको एक जना पनि संक्रमित पाइएको छैन।
स्वास्थ्य निर्देशनालय धनकुटाका फोकल पर्सन सुरक्षा खत्रीका अनुसार धनकुटामा ८० र सुनसरीमा ७० जनामा डेंगीको संक्रमण भएको छ। यसैगरी, उदयपुरमा ६९ जना, भोजपुरमा ६८, संखुवासभामा ६७, ओखलढुंगामा २९, पाँचथरमा २१, सोलुखुम्बुमा ६, इलाममा पाँचजना, खोटाङमा चार जना र तेह्रथुममा दुई जनामा डेंगी संक्रमण भएको पाइएको छ। गत वैशाखदेखि नै कोशी प्रदेशका अधिकांश जिल्लामा डेंगीको संक्रमण फैलिन थालेको थियो। वैशाखदेखि असारसम्म कोशीमा ३८६ जनामा डेंगी संक्रमण भइसकेको थियो।
झापामा साउन १ गतेयता सबैभन्दा धेरै विर्तामोडमा ८१ जनामा डेंगीको संक्रमण भेटिएको छ। त्यसपछि दमकमा २२ जनामा संक्रमण पुष्टि भयो भने हल्दिबारीमा सातजना र भद्रपुरमा पाँचजनामा डेंगीको संक्रमण भेटिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
