यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत आइतबार राति भएका खेलमा स्पेन र पोर्चुगल विजयी भएका छन्।
काठमाडाैँ– यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत आइतबार राति भएका खेलमा स्पेन र पोर्चुगल विजयी भएका छन्। स्पेनले स्वीट्जरल्यान्डलाई ४–१ तथा पोर्चुगलले स्कटल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेका हुन्।
समूह 'डी' अन्तर्गतको खेलमा स्वीट्जरल्यान्डको मैदानमा पाहुना टोली स्पेनले चौथो मिनेटमै अग्रता लिएको थियो। स्पेनको जितमा फावियन रुइजले २ गोल गर्दा जेसेलु र फेरान टोरेसले एक /एक गोल थपेका थिए। स्वीट्जरल्यान्डका लागि मोहमद जेकी अमदौनीले एक गोल फर्काए।
यही समूहअन्तर्गत आइतबार राति नै भएको खेलमा डेनमार्कले सर्वियालाई २–० गोल अन्तरले पराजित गरेको छ। डेनमार्कको जितमा अल्बर्ट ग्रोनबाकले ३६औँ र युसुफ पुलसेनले ६१औँ मिनेटमा गोल गरेका थिए।
यस्तै, आइतबार राति नै सम्पन्न समूह 'ए' को खेलमा पोर्चुगलले स्कटल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ। पाहुना टोली स्कटल्यान्डले खेलको ७औँ मिनेटमै अग्रता बनाए पनि जित्न सकेन। पोर्चुगलका ब्रुनो फर्नान्डिज तथा क्रिस्टियानो रोनाल्डोले क्रमश: ५४ तथा ८८औँ मिनेटमा गोल गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
