पाँच किलोमिटरको सो प्रतियोगितामा उनले १५.५२ मिनेटमा उक्त दुरी पूरा गर्दै मानन्धर प्रथम भएका हुन्।
भैरहवा– १११औँ बिपी जयन्तीको अवसरमा नेपाली कांग्रेस रुपन्देहीद्वारा आयोजित खुला सडक दौड प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम भएका छन्।
पाँच किलोमिटरको सो प्रतियोगितामा उनले १५.५२ मिनेटमा उक्त दुरी पूरा गर्दै प्रथम भएका हुन्। यसैगरी रुपन्देही गैडहवाका उमेश बरईले १६.४ मिनेट र रुपन्देही सियारीका अजय पाण्डेले १६.२५ मिनेटमा उक्त दुरी पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट शुरू भएको दौड लुम्बिनी रोड, नारायणपथ हुँदै मिलनचोकमा समापन भएको थियो। यसैगरी प्रतियोगिताको महिलातर्फ भने नेपाली सेनाको बर्चस्व रह्यो। महिलातर्फ दोस्रोबाहेक सबै पुरस्कार सेनाले हात पारेको छ। कालीभक्ती गणका सरिताकुमारी बस्नेतले पाँच किमीको दुरी २१ मिनेट २९.४४ सेकेन्डमा पूरा गर्दै प्रथम भइन् भने कुसुम ठगुन्नाले २१ मिनेट २९.७३ सेकेन्ड र विपना केसी २१.४४ मिनेटमा पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो भए।
पुरुषतर्फ मनोज केवट र महिलातर्फ विन्दु थापाले सान्त्वना पुरस्कार प्राप्त गरेका प्रतियोगिता संयोजक ओमकुमार श्रेष्ठले बताए। प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेलाई नगद १० हजार रुपैयाँ र प्रमाणपत्र, दोस्रोलाई पाँच हजारसहित प्रमाणपत्र, तेस्रो हुनेलाई तीन हजारसहित प्रमाणपत्र र सान्त्वना हुनेलाई एक हजार पाँच रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक श्रेष्ठले जानकारी दिए।
प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र सर्वसाधारण गरी ४५० जनाभन्दा बढी धावकको सहभागिता रहेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
