यो वर्ष जी ७ को अध्यक्षता गरिरहेको इटालीले एआईका लागि अन्तर्राष्ट्रिय मापदण्डहरू विकास गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ।
कृत्रिम बुद्धिमत्ता (एआई) को लागि नीतिगत ढाँचा तयार गर्न र आगामी दिनमा साइबर–सुरक्षालाई कायम राख्न जी ७ राष्ट्रका विधायिकाहरू सहमत भएका छन्।
इटालीको उत्तरी शहर भेरोनामा भएको तीन दिने ‘स्पिकर्स मिटिङ’मा एआईको नियमन सन्दर्भमा छलफल चलेको थियो। उक्त बैठकले सहभागी देशहरूले एआईसम्बन्धी नियम बनाउनुपर्ने कुरा औँल्याएको सिन्ह्वा न्युज एजेन्सीले जनाएको छ।
बैठकमा क्यानडा, अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, इटाली र जापानका सांसदका सभामुखको सहभागिता थियो। यस्तै, युरोपेली संसदका सभामुखलाई पनि निमन्त्रणा गरिएको थियो।
तीन दिन चलेर गत शनिबार सकिएको बैठकले सबै देशको संसदले एआईसम्बन्धी कानूनको मस्यौदा तयार पार्नमा महत्त्वपूर्ण भूमिका निभाउनुपर्ने निर्णय गरेको छ। यस बैठकमा भूराजनीतिक सुरक्षा र विकासका विषयमा पनि छलफल भएको थियो।
यो वर्ष जी ७ को अध्यक्षता गरिरहेको इटालीले एआईका लागि अन्तर्राष्ट्रिय मापदण्डहरू विकास गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
