नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पछिल्लो चार कारोबार दिनमा लगातार गिरावट देखिएको छ।
गत साताको बुधबार ९०.७३ र बिहीबार १२.१० अंकले घटेको नेप्से परिसूचक यो साता कारोबारको पहिला दिन आइतबार २५.४६ अंकले घटेको थियो।
पुँजी बजारको ओरालो यात्राले सोमबार पनि निरन्तरता पाएको छ। नेप्से परिसूचक ५५.८६ अंकले घटेर २६४६.०३ को विन्दुमा कायम भएको हो। यो २.०६ प्रतिशतको गिरावट हो।
नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट देखिएको छ। कारोबार रकम गत असार मसान्तको हाराहारीमा खुम्चिएको छ। ३२७ कम्पनीको दुई करोड १० लाख ४८ हजार ९११ कित्ता शेयर एक लाख ११ हजार ९८६ पटक खरिदबिक्री हुँदा नौ अर्ब ४३ करोड ९१ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
सोमबारको कारोबारमा सबै समूहको उपसूचक रातो देखिएको छ। सबैभन्दा धेरै होटल तथा पर्यटन समूह २.६७, जीवन बीमा २.४९, निर्जीवन बीमा २.४५, लघुवित्त २.३३, बैंकिङ २.२८ र वित्त समूह २.२७ प्रतिशतले घटेको छ।
त्यस्तै विकास बैंक १.८७, जलविद्युत् २.४४, लगानी ०.३४, उत्पादन तथा प्रशोधन १.२५, म्युचुअल फन्ड ०.९४, व्यापार ०.३५ र अन्य समूह १.८३ प्रतिशतले घटेको छ।
हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य सोमबार सबैभन्दा धेरै ८.९८ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ७.७८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ३७ करोड पाँच लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार भएका शेयर संख्याका आधारमा भने हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर १३ लाख ८२ हजार ९०६ कित्ता किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
