चक्रवातका कारण उत्तरी भियतनाममा भारी वर्षा हुँदा बाढीले बस्तीहरूमा क्षति पुर्याउनुका साथै पुल तथा सवारीसाधनसमेत बगाएको छ।
भियतनाममा वेगवान् चक्रवात यागीका कारण कम्तिमा ५९ जनाको मृत्यु भएको छ।
चक्रवातका कारण उत्तरी भियतनाममा भारी वर्षा हुँदा बाढीले बस्तीहरूमा क्षति पुर्याउनुका साथै पुल तथा सवारीसाधनसमेत बगाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
आँधी शुक्रबार भियतनाममा अवतरण भएपछि आएको बाढी, पहिरो र डुबानका कारण ५९ जनाको मृत्यु भएको भियतनामी सञ्चारमाध्यमले जनाएका छन्।
उत्तरी भियतनामका धेरै नदीहरूमा पानीको स्तर खतराको उच्च तहमा पुगेको छ।
काओ बंग प्रान्तमा वर्षापछि आएको पहिरोले सोमबार २० जना सवार बसलाई बगाएको छ।
फु थो प्रान्तमा सोमबार जलमग्न रेड नदीको स्टिल पुल ढलेको छ। पुल भत्किएपछि केही मोटरसाइकल, कार र ट्रक नदीमा खसेका थिए जसमा १३ जना बेपत्ता भएको र नदीमा फसेका केहीलाई उद्धार गरिएको छ।
यागी १४९ किलोमिटर प्रतिघण्टाको गतिका साथ भियतनाममा अवतरण गरेका थियो। देशको मौसम विज्ञान विभागले अझै पनि वर्षाले बाढी र पहिरो निम्त्याउन सक्ने चेतावनी जारी गरेको छ।
आँधीपछि परेको वर्षाका कारण बाढी र पहिरो आउँदा क्वाङ निन्ह र हाइफोङ प्रान्तमा ३० लाखभन्दा बढी जनता बिजुलीविहीन भएका छन्।
बढी प्रभावित हाइफोङ क्षेत्रका लागि ४६ लाख अमेरिकी डलरको सहयोग तथा राहत प्याकेज स्वीकृत गरिएको छ।
यागी जस्ता भयानक आँधीहरू जलवायु परिवर्तनका कारण बलियो हुँदै गएको तथा तातो समुद्री पानीले आँधीबेहरीलाई थप ऊर्जा दिँदा हावाको गति बढ्ने र भारी वर्षा हुने क्रम बढेको ‘अर्थ अब्जरभेटरी अफ सिंगापुर’का निर्देशक बेन्जामिन होर्टनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
