कोरोना बीमाको रकम माग गर्दै परेको रिट निवेदनमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
काठमाडौँ– कोरोना बीमाको रकम माग गर्दै परेको रिट निवेदनमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
सरकारसँग बीमाको रकम माग गर्दै निर्जीवन बीमा कम्पनीको छाता संगठन नेपाल बीमक संघले रिट दायर गरेको थियो। बीमक संघका तर्फबाट महासचिव अशोककुमार खड्कासहित १३ जनाले रिट दायर गरेका थिए। उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित चार वटा निकायलाई विपक्षी बनाएका छन्।
सो रिटमाथि सुनुवाइ गर्दै सोमबार सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एक इजलासले विपक्षीलाई रिट निवेदकको मागबमोजिम आदेश जारी हुनुपर्ने हो या होइन भन्नेबारे १५ दिनभित्र कारणसहितको लिखित जवाफ पेश गर्न आदेश दिएको हो। साथै, इजलासले बीमाजस्तो गम्भीर विषय उल्लेख भएको भन्दै रिटलाई अग्राधिकार दिएको छ।
कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बीमा कम्पनीहरूले जनाएका छन्। संघले सरकारबाट कोरोना बीमा रकम भुक्तानी गराइपाउँ भन्दै अन्तरिम आदेश मागेर रिट दायर गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
