अफ्रिकी राष्ट्र मोरक्को स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० गोलले पराजित गर्दै पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
काठमाडाैँ– अफ्रिकी राष्ट्र मोरक्को पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
कतारकाे एजुकेशन सिटीमा मंगलबार राति सम्पन्न खेलमा सन् २०१० को विश्वविजेता स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० गोलले पराजित गर्दै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न सकेनन्। त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमार्फत् गरिएको हो। जारी विश्वकपमा दोस्रो पटक खेल अतिरिक्त समयमा धकेलिएको हो।
यसअघि सोमबार क्रोएसियाले जापानलाई पनि पेनाल्टी सुटआउटमा पराजित गरेको थियो। पेनाल्टी सुटआउटमा मोरक्कोका अब्देलहमिद साबिरी, हाकिम जिएच र आच्रफ हाकिमीले गोल गरे। मोरक्कोका बद्र बेनउल भने गोल गर्न चुकेका थिए।
स्पेनका पाब्लो साराबिया, कार्लोस सोलर र सर्जियो बुस्केट्सले गोल गर्न सकेनन्। स्पेनी टोली सन् २०१० मा च्याम्पियन बनेको थियो। त्यसयता स्पेन प्रि-क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेको छैन। ब्राजिल विश्वकपमा समूह चरणबाटै बाहिरिएको स्पेन रसिया विश्वकपमा प्रि-क्वार्टरफाइनलबाटै बाहिरिएको थियो।
सन् १९७० मा मेक्सिकोमा आयोजित विश्वकपमा पहिलोपटक सहभागिता जनाएको मोरक्को समूह चरणबाटै बाहिरिएको थियो। त्यसपछि सन् १९८६ को विश्वकपमा प्रि-क्वार्टरफाइनलमा पुगेको थियाे। १९९४ र १९९८ मा समूह चरणबाटै बाहिरियो।
त्यसपछिका विश्वकपका ४ संस्करण गुमाएको मोरक्कोले चार वर्षअघि रसियामा आयोजित विश्वकपमा पूनरागमन गरेको थियो। तर, जितविहीन हुँदै समूह चरणबाटै बाहिरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
