बैठकले जनतामा व्याप्त निराशालाई आशामा जगाउने उद्देश्यसाथ सरकारका कामलाई गति दिने विषयमा छलफल भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए।
काठमाडौँ– सत्तारुढ दलहरूले सरकार र संसद्का समग्र कामलाई थप प्रभावकारी, सन्तुलित र व्यवस्थित बनाउने सहमति गरेका छन्।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरूको बसेको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम, संविधान संशोधनबारे उठेका विषयमा छलफल भएको हो।
सरकारका समग्र काममा सत्ता पक्ष कसरी एकीकृत रूपमा प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।
उनका अनुसार बैठकले कांग्रेस र नेकपा (एमाले) बीच भएको सातबुँदे सहमतिका विषयका आधारमा सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने सहमति गरेको छ।
बैठकमा संविधान संशोधन राष्ट्रको आवश्यकताका आधारमा सबैको स्वीकार्यता बढाउने गरी छलफल शुरू गर्नेलगायत विषयमा छलफल भएको थियो।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संविधान संशोधनका विषयलाई भ्रमपूर्ण र अवाञ्छित रूपमा प्रस्तुत गरेको टिप्पणी गर्दै बैठकमा सो विषयमा समीक्षा भएको बैठकमा सहभागी एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।
बैठकले जनतामा व्याप्त निराशालाई आशामा जगाउने उद्देश्यसाथ सरकारका कामलाई गति दिने विषयमा छलफल भएको उनले बताए।
यसैगरी सत्तारुढ दलबीच दलीय आधारमा फरक मान्यता र धारणा भए पनि सरकार र संसद्का काममा साझा धारणाका साथ प्रस्तुत हुने सम्बन्धमा छलफल भएको मुख्य सचेतक बर्ताैलाले जानकारी दिए।
बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अब्दुल खानलगायत सहभागी थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
