स्टार खेलाडी किलियन एम्बाप्पेलाई बेन्चमा राखे पनि फ्रान्सले बेल्जियमलाई २–० गोल अन्तरले पराजित गरेको हो।
काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा फ्रान्सले पहिलो जित निकालेको छ। स्टार खेलाडी किलियन एम्बाप्पेलाई बेन्चमा राखे पनि फ्रान्सले बेल्जियमलाई २–० गोल अन्तरले पराजित गरेको हो।
पहिलो खेलमा फ्रान्स इटालीसँग स्तब्ध भएको थियो। बेल्जियमको भने यो पहिलो हार हो। बेल्जिमयले पहिलो खेलमा इजरायललाई पराजित गरेको थियो।
सोमबार रातिको खेलमा फ्रान्सलाई जिताउनका लागि रान्डाला कोलो मुआनी र ओस्मान डेम्बेलेले एक एक गोल गरेका थिए। घरेलु मैदानमा फ्रान्सले २९औँ मिनेटमा अग्रता लिएको थियो। फ्रान्सका लागि रान्डालले गोल गर्दै अग्रता दिलाएका थिए।
पहिलो हाफमा १ गोल गरेको फ्रान्सले दोस्रो हाफमा अरु १ गोल थपेको थियो। डेम्बेले ५७औँ मिनेटमा एनगोलो कान्टेको पासमा गोल गरेका थिए। त्यसपछि थप गोल नभएपछि अन्ततः फ्रान्स २–० को जित निकाल्न सफल भयो।
फ्रान्सले पहिलो ३ अंक जोडेको हो। बेल्जिमय भने हारका बाबजुद पनि ३ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ।
यो समूहमा इटाली ६ अंकका साथ शीर्ष स्थानमा रहँदा फ्रान्स ३ अंकका साथ दोस्रो स्थानमा छ। खाता खोल्न नसकेको इजरायल भने पुच्छारमा रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
