सोमबार राति गाजाको अल मवासी क्षेत्रमा भएको आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको तथा ६० भन्दा धेरै घाइते भएका हमासद्वारा सञ्चालित प्रशासनले जनाएको छ।
इजरायली सेनाको हवाइ आक्रमणमा परेर गाजाको शरणार्थी शिविरमा आश्रय लिइरहेका ४० प्यालेस्टिनीको मृत्यु भएको छ।
सोमबार राति गाजाको अल मवासी क्षेत्रमा भएको आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको तथा ६० भन्दा धेरै घाइते भएका हमासद्वारा सञ्चालित प्रशासनले जनाएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार मानवीय सहायताका लागि तोकिएको क्षेत्रमै आक्रमण भएको हो।
हमासको सिभिल डिफेन्स अपरेसन निर्देशकले बीबीसीलाई भने, “४० जनाको ज्यान गएको छ र ६० जना घाइते भएका छन् भने धेरै मानिस भग्नावशेषमुनि दबिएका छन्।”
तर इजरायली सेनाले भने आफ्ना लडाकु विमानहरूले खान युनिसमा हमास लडाकुहरुको सञ्चालन केन्द्रमा आक्रमण गरेको र यस अपरेसनमा नागरिकहरूलाई क्षति हुनबाट जोगाउने पर्याप्त प्रयास गरिएको प्रतिक्रिया जनाएको छ।
अल-मवासी खान युनिसको पश्चिममा एउटा जनसंख्या भएको क्षेत्र हो। त्यहाँका स्थानीयवासीले बताएअनुसार विस्थापित मानिसहरूको पालमा तीन वटा आक्रमण भएका थिए। आक्रमण स्थलमा ठूलो खाडल परेको छ।
गत वर्ष अक्टोबरमा इजरायलले आफ्नो सैन्य अभियान शुरू गरेपछि हजारौँ विस्थापित प्यालेस्टाइनीहरू आफ्नो ज्यान बचाउन खान युनिसतिर भागेका थिए। अक्टोबर ७ मा इजरायलभित्र हमासको आक्रमणपछि इजरायलले यस भूमिमा सैन्य अभियान शुरू गरेको थियो, जसमा १२०० जनाको मृत्यु भएको थियो भने २५० जनालाई बन्धक बनाएर गाजामा लगिएको थियो।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सैन्य अभियानमा हालसम्म ४० हजार ९०० भन्दा बढी मानिस मारिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
