सांसदहरूले भूकम्पपीडितलाई अविलम्ब सहयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
काठमाडौँ– राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदले भूकम्पपीडितलाई अविलम्ब सहयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
भूकम्प गएको लामो समय बितिसक्दा पनि उनीहरूले राज्यबाट सहयोग नपाएकामा सांसदहरूले चिन्ता व्यक्त गरेका छन्।
सांसद मायाप्रसाद शर्माले भूकम्प भएको एक वर्ष बितिसक्दा पनि भूकम्पपीडितले राज्यबाट राहत, तथा आवश्यक सामग्री नपाएका बताए। भूकम्पका कारण जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्नेमा उनले जोड दिए।
सांसद कृष्णबहादुर रोकायले पनि प्राकृतिक विपद्बाट क्षति बेहोरेकालाई सहयोग गर्नु राज्यको दायित्व भएको बताए।
देशमा आत्महत्याका घटना बढेकामा चिन्ता व्यक्त गर्दै सांसद पदमबहादुर परियारले स्थानीय तहमा मनोपरामर्श सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए।
सांसद आन्दप्रसाद ढुंगानाले लामो समयदेखि कालोपत्र हुन नसकेका सडकमा कालोपत्र गर्न माग गरे। सांसद घनश्याम रिजालले धुलिखेल सडक लामो समयदेखि बन्न नसक्दा आवतजावतमा असर परेको गुनासो गरे। सांसद रेणु चन्दले सुदूरपश्चिममा चिकित्सा शिक्षा अध्ययनको ‘कोटा’ बढाउनुपर्नेमा जोड दिइन्।
सांसद विष्णुकुमारी सापकोटाले मनसुनजन्य विपद् व्यवस्थापनमा सचेत हुनुपर्नेमा जोड दिइन्। सांसद विष्णुदेवी पुडासैनीले स्वास्थ्य बीमा रकम बढाउनुपर्ने धारणा राखिन्।
सांसद विष्णुबहादुर विश्वकर्माले विशेष छात्रवृत्ति कार्यक्रममा लक्षित समुदायका लागि कलेजमा कोटा बढाउनुपर्नेमा जोड दिए।
सांसद कृष्णप्रसाद अधिकारीले राष्ट्रिय निकुञ्जको ‘बफर जोन’मा बस्ने समुदायमा मानव– वन्यजन्तु द्वन्द्व बढेकाले त्यसको नियन्त्रणका निम्ति राज्यले योजना बनाएर त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताए।
सांसद सावित्री मल्लले भूकम्पपीडितका निम्ति सहयोग गर्ने कार्यविधि समयमा तर्जुमा नहुँदा पीडितलाई समस्या भएको गुनासो गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
