मंगलबार नेप्से परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ को विन्दुमा सीमित भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार पाँच कारोबार दिनदेखि घटिरहेको छ। मंगलबार नेप्से परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ को विन्दुमा कायम भएको छ।
यस दिन ३२८ कम्पनीको एक करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयर ९३ हजार ४५९ पटक खरिदबिक्री हुँदा सात अर्ब २४ करोड ५५ लाख ६८ हजार ४२१ रुपैयाँ बराबरको कारोबार भएको छ। यस दिनको कारोबार रकम पछिल्लो करिब दुई महिनायताकै न्यून हो। मंगलबारको कारोबारमा ‘सेन्सेटिभ इन्डेक्स’ १.८० र ‘फ्लोट इन्डेक्स’ ०.९१ अंकले घटेको छ।
मंगलबार व्यापार समूह ०.७९ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। बैंकिङ ०.११, विकास बैंक ०.६९, वित्त ०.९९, जलविद्युत् ०.७१, लगानी ०.५३ र जीवन बीमा समूह ०.७६ प्रतिशतले घटेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन समूह ०.६८, लघुवित्त ०.९१, निर्जीवन बीमा ०.४० र अन्य समूह ०.४४ प्रतिशतले घटेको छ।
मंगलबारको कारोबारमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक ‘सर्किट’ लागेको छ। सबैभन्दा धेरे घट्नेमा भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३ को शेयर मूल्य ८.८२ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा मंगलबार सबैभन्दा धेरै हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर २९ करोड ८१ लाख ५४ हजार रुपैयाँ बराबरको १६ लाख ६४ हजार ८५ कित्ता किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
