मणिपुरको स्थानीय सरकारले राजधानी इम्फाल र वरपरको उपत्यकामा अर्को आदेश नआउन्जेल पूर्ण कर्फ्युको घोषणा गरेको छ।
भारतको उत्तरपूर्वी राज्य मणिपुरमा जारी जातीय झडपको पछिल्लो चरणमा भएको हत्याको निन्दा गर्दै निरन्तरको प्रदर्शनपछि मंगलबार कर्फ्यु जारी गरिएको अधिकारीहरूले बताएका छन्।
मणिपुरमा हिन्दू मेइतेई बहुमत र मुख्यतया इसाई कुकी समुदायबीच एक वर्षभन्दा बढी समयदेखि आवधिक झडप भइरहेका छ। केही महिनाको सामान्य शान्तिपछि दुई समुदायबीच फेरि शत्रुता बढेर झडप हुँदा गत हप्ता कम्तीमा ११ जनाको मृत्यु भएको थियो।
प्रहरीका अनुसार विद्यार्थीको नेतृत्वमा भएको विरोध प्रदर्शनका क्रममा सोमबार प्रहरीसँग झडप भएपछि मणिपुरको राजधानी इम्फाल र वरपरको उपत्यकामा कर्फ्यु लगाइएको हो।
इम्फालमा राज्यका राज्यपालको निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि विद्यार्थीले ढुंगा तथा प्लास्टिकका बोतल प्रहार गरेको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ। प्रदर्शनकारीले प्रहरीको हतियार खोसी गोली हानेको विज्ञप्तिमा उल्लेख छ। मणिपुरको स्थानीय सरकारले अर्को आदेश नआउन्जेल पूर्ण कर्फ्युको घोषणा गरेको हो।
प्रदर्शनकारीले गत हप्ता ‘इम्प्रोभाइज्ड’ प्रक्षेप्य हतियार र ड्रोन आक्रमण गरेको आरोपमा कारबाहीको माग गरेपछि प्रहरीले मणिपुरमा हिंसाको वृद्धि भएको प्रहरीले जनाएको छ।
मेइतेई र कुकी समुदायबीच लामो समयदेखि चलिरहेको द्वन्द्व भूमि तथा सार्वजनिक रोजगारीको प्रतिस्पर्धाको विषयमा केन्द्रित छ। यसैबीच अधिकारकर्मीले स्थानीय नेताहरूले राजनीतिक लाभका लागि जातीय विभाजन बढाएको आरोप लगाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
