स्वास्थ्य बीमाका कारण उपचारमा सहज भए पनि प्रक्रिया धेरै झन्झटिलो रहेकाे स्थानीयकाे गुनासाे छ।
रेसुङ्गा– गुल्मी अस्पतालमा स्वास्थ्य बीमाकाे सेवा लिने प्रक्रिया झन्झटिलाे रहेकाे स्थानीयकाे गुनासाे छ।
“शुरूमा गएर लाइन लाग्नुपर्छ। पालो आएपछि टोकन पाइन्छ। टोकन पाएपछि पनि लाइनमै बसेर नाम दर्ता गराउनुपर्छ। नाम दर्तापछि टिकट पाइन्छ। टिकट लिएपछि पनि फेरि लाइनमै बसेर भित्र कोठामा टिकट दिनुपर्छ”, रेसुङ्गा नगरपालिका–७ का सुलोचन थापा भन्छन्, “टिकट भित्र दिएपछि बाहिर साँघुरो गल्लीमा घण्टौँ कुर्नुपर्छ। अनि बल्ल बिरामीकाे स्वास्थ्य जाँच गर्ने पालाे आउँछ।”
अस्पताल जाँदा हरेक पटक यस्ताे झन्झटिलो प्रक्रिया झेल्न बाध्य रहेकाे उनले सुनाए। “स्वास्थ्य बीमाका कारण उपचारमा सहज भए पनि प्रक्रिया धेरै झन्झटिलो छ”, उनी भन्छन्, “बिरामी भएर अस्पताल आउँदा छिटाे छरिताे सेवा पाउने कहिले हाेला ?” बीमाका कारण आर्थिक राहत भए पनि सरकारी अस्पतालको उपचारमा ढिलाइ हुने गरेकाे उनकाे गुनासाे छ।
स्वास्थ्य बीमा गरेर पनि औषधि बाहिर किन्ने बाध्यतामा छन्, रेसुङ्गा नगरपालिका–७ का ७३ वर्षीय चुरामणि आचार्य। उनले शुरूआती चरणमा नै स्वास्थ्य बीमा गरेका थिए। बीमाका कारण सधैँ उपचारका लागि गुल्मी अस्पतालमै जान्छन्। “आउँछु, बीमाको कार्ड देखाउँछु ज्येष्ठ नागरिक भनेर छिटो–छरितो गर्छन् समयमै उपचार पाउँछु”, उनी भन्छन्, “आधाभन्दा बढी औषधि बाहिर किन्न भन्छन्, यसरी त स्वास्थ्य बीमाको के अर्थ भयो र ?” स्वास्थ्य बीमा गरेपछि सबै रोगको उपचार र सबै औषधि निःशुल्क पाउनुपर्ने आचार्यको भनाइ छ।
मुसिकोट नगरपालिका–२ देउरालीका इन्द्रबहादुर रायमाझी पनि स्वास्थ्य बीमा गरे पनि सबै औषधि निःशुल्क नपाएकामा चिन्तित छन्। बीमा गर्नेहरूको उपचार निःशुल्क भएमा स्वास्थ्य बीमा अझै बढी प्रभावकारी हुने बताए। रेसुङ्गा–१४ का एलिसा पाण्डे भने उपचारमा आफू सन्तुष्ट रहेको बताउँछिन्।
उपचारमा केही ढिलाइ भए पनि स्वास्थ्य बीमाका कारण आर्थिक हिसाबले कमजोर भएकाहरू उपचारको पहुँचमा पुगेको उनकाे भनाइ छ। “केही कमी–कमजोरी रहे पनि स्वास्थ्य बीमामार्फत हुने उपचारको सेवा राम्रो छ”, उनी भन्छिन्, “सबैले अनिवार्य स्वास्थ्य बीमा गर्नुपर्छ।” नियमित औषधि प्रयोग गर्ने दीर्घरोगी र आकस्मिक बिरामी हुनेलाई पनि स्वास्थ्य बीमाले धेरै राहत दिने भएकाले स्वास्थ्य बीमाबाट छुट्न नहुने उनले सुनाइन्।
अस्पतालमा आकस्मिकबाहेक अन्य बिरामीका लागि भने स्वास्थ्य बीमा भए पनि वा नभए पनि उपचारको प्रक्रिया एकनासको। स्वास्थ्य बीमा बोर्डका अनुसार गुल्मीमा बीमा गर्नेहरूको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ। २०७६/७७ मा सात हजार ८१७, २०७७/७८ मा ५८ हजार ३९२ र २०७८/७९ मा ९७ हजार २४३ जनाले स्वास्थ्य बीमा गराएको बीमा बोर्डका दर्ता अधिकारी धुव्रराज बोगटीले जानकारी दिए।
“तोकिएका रोगको मात्र उपचार हुने र तोकिएका औषधि मात्र निःशुल्क पाउने हो”, उनले भने, “पोलियोबाट हुने अपाङ्गता, दाँतसम्बन्धीको रोग, सेतो छडी र वैशाखीलगायत केहीको शुल्क तिर्नुपर्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
रासस
