सरोकारवालाले जलवायु परिवर्तनले पारिरहेको असर न्यूनीकरणका विषयमा संवेदनशील भएर सबैले भूमिका खेल्नेपर्ने धारणा राखेका छन्।
काठमाडौँ– सरोकारवालाले जलवायु परिवर्तनले पारिरहेको असर न्यूनीकरणका विषयमा संवेदनशील भएर सबैले भूमिका खेल्नेपर्ने धारणा राखेका छन्। गैरनाफामूलक नीति अनुसन्धान संस्था ग्लोबल सेन्टर फर क्लाइमेट एन्ड सेक्युरिटी गभर्नेन्सले जलवायु क्षेत्रको सुशासनका बारेमा गरेको छलफलका क्रममा वक्ताहरूले यस्तो धारणा व्यक्त गरेका हुन्।
संस्थाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मंगलबार जलवायु क्षेत्रको सुशासन, जलवायु परिवर्तनमा संवेदनशीलता र बुझाइ विषयक कार्यक्रम गरेको हो। संस्थाका कार्यकारी निर्देशक अभयराज जोशीले जलवायु परिवर्तनले पारिरहेको असर र यसको सुशासन तथा संवेदनशीलतामा नीति निर्माता तह तथा सरोकारवाला निकायको भूमिका महत्त्वपूर्ण हुने बताए।
कार्यक्रममा सहभागी कर्णाली प्रदेशका सांसद, शैक्षिक क्षेत्रसँग सम्बन्धित व्यक्ति, नागरिक समाज र सुरक्षा निकायका प्रतिनिधिले जलवायु परिवर्तन आजको मुख्य विषय भएको बताए। उनीहरूले जलवायु परिवर्तनले पारिरहेका असरका विषयमा संवेदनशील भएर सबैले काम गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।
सरोकारवालाले जलवायु सुशासनमा जटिलताका विषयमा छलफल गर्नुका साथै जलवायु वित्त, जलवायु न्याय, नीतिको आवश्यकता, सरोकारवालाबीच समन्वय तथा जलवायु परिवर्तन क्षेत्रको सुशासन र वातावरणीय संसदीय सुपरिवेक्षणका विषयमा छलफल गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
