पहिचान पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तकको सूची सार्वजनिक भएको छ।
काठमाडौँ– पहिचान पुरस्कारका लागि उत्कृष्ट आठ पुस्तकको सूची सार्वजनिक भएको छ। ‘पहिचान पुरस्कार कोष’को मंगलबार बसेको बैंठकले कोषमा दर्ता भएका पुस्तकहरूमध्येबाट उत्कृष्ट आठ कृतिको छनोट गरेको हो।
गीलु रातोसको ‘सिलीदुङ’, विश्व कुइकेलको ‘गोपीचा’, मिथोचको ‘आगोको पिदार’ र राजु स्याङ्तानको ‘ओ पेङ्दोर्जे’ उत्कृष्ट आठको सूचीमा परेका छन्।
त्यस्तै, प्रवीण खालिङको ‘चिया गफ’, अभागी थेगुवाको ‘सपनाहरूको बही’, श्याम सामसोहाङ राईको ‘मुन्दुम ट्रेल’ र निर्भीकजंग रायामाझीको ‘त्यसरी त कहिल्यै सोचिएन’ पनि सूचीमा समावेश छन्।
विसं. २०८० / २०८१ प्रकाशित भई कोषमा दर्ता भएका पुस्तकमध्येबाट उत्कृष्ट आठ कृति छनोट गरिएको कोषका संस्थापक नरेश काङमाङ राईले बताए। उत्कृष्टमध्येबाट छानिएको सर्वोत्कृष्ट कृतिले पहिचान पुरस्कार पाउने छ।
गत वर्ष प्रकाश गुरागाईंको किताब ‘जङ्क्सन पिपलबोट’ र प्रगति राईको नयाँ उपन्यास ‘थाङ्ग्रा’ले संयुक्त रूपमा पहिचान पुरस्कार प्राप्त गरेका थिए। अहिलेसम्म ११ वटा कृतिले पहिचान पुरस्कार प्राप्त गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
