जुम्लामा उत्पादित स्याउ प्रतिकिलो ७० रुपैयाँमा खरिद गर्छन्। तराई पुर्याएपछि प्रतिकिलो १०० देखि १२० रुपैयाँमा बिक्री हुने गरेको छ।
भजनी– कालिकोटकी हंशिला बम हिजोआज कैलालीमा यहाँ स्याउ बेच्न व्यस्त छिन्। माइतीघर जुम्ला भएकी हंशिला त्यहाँका स्याउ यहाँ बेच्न आएकी हुन्। १३ वर्षदेखि यामअनुसार फलफूलको व्यापार गर्दै आएकी उनलाई व्यापार शुरू गरेपछि पछाडि फर्केर हेर्नुपरेको छैन। त्यही व्यापारबाट कैलालीमा घर र जग्गा जोडेकी छन्। घरको सबै खर्च धान्ने माध्यम पनि फलफूल व्यापार नै बनेको छ।
“श्रीमान् गुमाएपछिको अभाव र समाजभित्रको असहज परिस्थिति मैले बुझेकी छु। छोराछोरीको पढाइका लागि मैले केही गर्नुपर्ने थियो,” उनले भनिन्, “मैले जुम्लाको स्याउ ल्याएर व्यापार गरेँ। यसले मेरा आवश्यकता पूरा गर्यो।” यो वर्ष उनले जुम्लाबाट पाँच ट्रक स्याउ कैलाली ल्याएको बताइन्। मागका आधारमा देशका अन्य जिल्लामा पनि स्याउलगायत जुम्लाका उत्पादन आपूर्ति गरिरहेकी छन्।
जुम्लामा उत्पादित स्याउ प्रतिकिलो ७० रुपैयाँमा खरिद गर्छन्। तराई पुर्याएपछि प्रतिकिलो १०० देखि १२० रुपैयाँमा बिक्री हुने गरेको छ। “एक ट्रक स्याउ ल्याउन एक लाखभन्दा बढी खर्च हुन्छ,” हंशिलाले भनिन्, “जुम्लाका किसानले स्याउको मूल्य पाएका छैनन्। ढुवानी खर्च अधिक छ।” स्याउसँगै हिउँदयाममा सिमी, मकै, आलुलगायत उत्पादन पनि बेच्ने गरेकी छन्। भाइ र बहिनीले हंशिलालाई साथ दिएका छन्। हंशिला मात्र होइन कयौँले स्याउको व्यापारबाट आम्दानी गरेका छन्।
कर्णालीका विभिन्न जिल्लामा उत्पादन भएका स्याउ कालिकोटका रामु न्यौपानेले पनि तराई ल्याउने गरेका छन्। चार महिनादेखि स्याउको व्यापारमा लागेका उनी हरेक साता जुम्ला पुग्छन्। “चार महिनादेखि घर गएको छैन, स्याउ ढुवानी दैनिकी बनेको छ,” उनले भने, “मसँग आफ्नै गाडी छ। आफै चलाउँछु। जुम्ली उत्पादन खरिद गर्न त्यता गइरहन्छु।” सडक सञ्जाल नभएका कारण बगैँचामा नै स्याउ कुहिने उनले गुनासो गरे।
कालिकोटको पलाता गाउँपालिकामा रामुले दुई हजार भन्दा बढी स्याउका बोट रोपेका छन्। “मेरो गाउँमा मात्र सयौँ क्विन्टल स्याउ उत्पादन भएको छ। बजार पुर्याउन यातायातको सुविधा छैन। मान्छेलाई बोकाउँदा बजारमा प्रतिस्पर्धा गर्न सकिँदैन,” उनले भने, “कर्णालीमा सुन भएर के गर्ने त्यसको महत्त्व राज्यले अझै बुझेको छैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
