सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उपसभामुख रानामगरलाई आफै मार्गप्रशस्त गर्न आग्रह गरेको छ।
काठमाडौँ– नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ।
बुधबार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले उपसभामुखले गरेको कामले मुलुकको शीर झुकाएको भन्दै राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।
उनले भने, “कांग्रेसको आधिकारिक धारणा भनेको उपसभामुखले आफैले बुझेर राजीनामा दिनु राम्रो हुन्छ। उहाँमाथि गम्भीर प्रश्न उठेको छ। यो चानचुने कुरा होइन।”
उपसभामुख रानामगरले संयुक्त राष्ट्रसंघको एक कार्यक्रममा सहभागी हुन पाँच जनाको अन्तर्वार्ता अगाडि सारिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन्।
गते वर्ष लेखेको त्यही पत्र हालै सार्वजनिक भएको थियो। पत्र सार्वजनिक भए लगत्तै उपसभामुख रानामगर गम्भीर विवादमा परेकी हुन्।
अर्को देशको राजदूतावाससँगको सम्बन्धका विषयलाई लिएर उपसभामुख रानामगरले गर्नै नहुने काम गरेको कांग्रेसको ठहर छ। अब कसरी जाने भन्नेबारे सत्तारुढ दलबीच पनि छलफल गरेर साझा धारणा बनाउने घिमिरेले बताए।
साथै, उनले बैठकमा पार्टीभित्र कै भातृ संस्थाका निर्देशक समिति बनाउने र अन्य पार्टीका आन्तरिक विषयबारे पनि छलफल भएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
