'भिसा प्रयोजनको लागि आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरू समेत नक्कली बनाउने गरेको पाइएको छ।'
काठमाडौँ– कलाकारको भिसामा मानव तस्करी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हास्य कलाकार सुलेमान शंकर (इकु)लाई पक्राउ गरेको छ।
उनलाई मंगलबार काठमाडौँ बुढानीलकण्ठ नगरपालिका–३ हात्तीगौडाबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए। उनलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको बोगटीले जानकारी दिए।
“कलाकार भिसामा युरोप पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम उठाउने काम गरेको खुल्न आएको छ,” उनले भने, “दुई जनाले जाहेरी नै दिएपछि हामीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएका हौँ।”
बोगटीका अनुसार पीडित दुई जनाले युरोप पठाइदिने भन्दै इकुले जनही दुई लाख ५० हजार रुपैयाँ लिएको किटानी जाहेरी दिएका छन्। त्यस्तै अन्य दुई जना व्यक्तिमध्ये एक जनासँग नाै लाख र अर्कोसँग पाँच लाख रुपैयाँ लगेको जाहेरी पनि आउने क्रममा रहेको प्रहरीले जनाएको छ।
बोगटीकाअनुसार अन्य थुप्रै व्यक्तिसँग पनि रकम लिएको देखिन्छ। युरोप पठाउने भनेर कलाकारको भेषमा मानव तस्करी भएको भन्दै उनले दुई जनालाई अहिलेसम्म युरोप पठाएको खुलेको पनि बताए।
विभिन्न देशमा हुने सांस्कृतिक कार्यक्रममा आवश्यक पर्ने कलाकार भिसामा क्यानडा, अस्ट्रेलिया तथा युरोपेली देशहरूमा लैजान भनेर विकट क्षेत्रका मानिसलाई प्रलोभनमा पार्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
“युरोपेली मुलुकमा राम्रो काम पाइने र आम्दानीसमेत आकर्षक हुने प्रलोभन देखाई आफूले सञ्चालन गरेको एसएमएस फिल्म प्रालिको नाममा ग्लोबल आईएमई बैंक लिमिटेडममा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाखसम्म रकम जम्मा गर्न लगाउने गरेको देखिन्छ,” बोगटीले भने, “रकम जम्मा गर्ने व्यक्तिहरूका लागि कलाकार भिसामा विदेशी मुलुकमा भिसा प्रयोजनको लागि आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरू समेत नक्कली बनाउने गरेको पाइएको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
