स्पेनकी ५० वर्षीया बियाट्रिज फ्लामिनी ७० मिटर गहिरो गुफाभित्र व्यायाम गर्ने, चित्र बनाउने, टोपीहरू बुन्ने गरेर समय बिताएको बताइन्।
स्पेनकी एक्ट्रिम एथलेट ५० वर्षीया बियाट्रिज फ्लामिनी ५०० दिन गुफामा बिताएकी छिन्। बाहिरी दुनियाँको सम्पर्कमा नआई उनले ग्रानाडास्थित एक गुफाभित्र ५०० दिन बिताएकी हुन्।
उनी गुफाबाट गत शुक्रबार मात्रै निस्किएकी थिइन्। मड्रिडकी बासिन्दा फ्लामिनी सन् २०२१ को नोभेम्बर २१ मा गुफा पसेकी थिइन्। उनले गुफाभित्र बिताएको समय ‘अतुलनीय’ भएको प्रतिक्रिया दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
उनले पत्रकारसँगको कुराकानीमा भनेकी थिइन्, “म त अझै पनि २०२१ को नोभेम्बर २१ मै छु। गुफा पसेदेखि संसारमा के–के भयो मलाई थाहा छैन। म साढे एक वर्षसम्म शान्त नै रहेँ। कसैसँग नभई म आफैँसँग कुराकानी गरेँ। मैले यो अवधिभर नुहाएकी पनि छैन।”
४८ वर्षको उमेरमा गुफा पसेकी उनी ५० वर्षकी हुँदा गुफाबाट निस्किएकी थिइन्। उनले ७० मिटर गहिरो गुफाभित्र व्यायाम गर्ने, चित्र बनाउने, टोपीहरू बुन्ने गरेर समय बिताएको बताइन्। साथै, ६० वटा पुस्तक र १०० लिटर पानी लिएर उनी गुफाभित्र पसेको उनको सहयोगी टोलीले जनाएको छ।
उनी मनोविद्हरू, अनुसन्धानकर्ता र गुफाको अध्ययन गर्ने विशेषज्ञहरूको निगरानीमा थिइन्। तर त्यहाँ रहुन्जेल उनलाई कुनै पनि विज्ञको सम्पर्क गरेका थिएनन्।
उनी गुफाबाट निस्किँदै गर्दाको भिडियो स्पेनको टेलिभिजनले खिचेको थियो।
रुसले युक्रेनमाथि आक्रमण गर्नुपूर्व नै र कोरोना भाइरस संक्रमण महामारीको समयमा फ्लामिनी गुफाभित्र प्रवेश गरेकी थिइन्। युक्रेन युद्ध र यसबीचका विश्व घटनाबारे आफूलाई थाहा नभएको उनले बताइन्। उनले लामो समयसम्म गुफामा बस्ने व्यक्तिको रेकर्ड बनाउन सक्ने बताइएको छ। यद्यपि, यो पुष्टि भएको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
