बाजुरामा मंगलबार दिउँसो गएको भूकम्पले सबैभन्दा बढी बडीमालिका नगरपालिकामा क्षति पुगेको प्रहरीले जनाएको छ।
बाजुरा– बाजुरामा मंगलबार दिउँसो गएको भूकम्पबाट ४२ परिवार विस्थापित भएका छन्।
हिमाली गाउँपालिकाका १२, गौमुल गाउँपालिकाका १५ र बडीमालिका नगरपालिकाका १५ परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए। बडीमालिकाका १२, हिमालीका चार र गौमुलका १४ परिवार आफन्तकहाँ बसे पनि अरू विस्थापित परिवार त्रिपाल टाँगेर बस्न बाध्य छन्। बडीमालिकाको एउटा परिवार मन्दिरमा बास बस्न थालेको थापाले बताए।
भूकम्पले ४०० घरमा क्षति पुगेको प्रहरीले जनाएको छ। सबैभन्दा बढी बडीमालिका नगरपालिकामा क्षति भएको छ। बडीमालिकामा २१, बूढीनन्दामा तीन र बूढीगंगामा एक घर पूर्णरूपमा भत्किएका छन्। यस्तै हिमालीमा १९, गौमुलमा ११, खप्तड छेडेदहमा चार र स्वामीकार्तिक खापर गाउँपालिकामा एक गरी ६० घरमा पूर्ण क्षति भएको डीएसपी थापाले बताए।
प्रहरीको तथ्यांकअनुसार बडीमालिकामा ३१, बूढीनन्दामा नौ, हिमालीमा नौ, खप्तड छेडेदहमा पाँच र गौमुलका पाँच घरमा आंशिक क्षति पुगेको छ। यसैगरी भूकम्पले बडीमालिकामा १८७, हिमालीमा ४१ र स्वामीकार्तिकको एक घरमा सामान्य क्षति पुगेको छ। प्रहरी चौकी विच्छ्या जोखिममा छ।
भूकम्पबाट गौमुल गाउँपालिका–२ जुरीलेकी ३२ वर्षीया जमुना रोकायाको मृत्यु भएको थियो। गौमुल–१ अम्लिसका ३५ वर्षीय राजदल बोहरा, बडीमालिका–२ की ४२ वर्षीया चन्द्रा महत, हिमाली–१ की छ वर्षीया सुश्रीता थापा र हुम्ला जिल्ला घर घई हिमाली–६ मा दिदीको घर आएकी १६ वर्षीया सरिता नेपाली घाइते भएको प्रहरीले जनाएको छ।
भूकम्पले गौमुल–१ मा ३५ वटा भेडा मरेको प्रहरीले जनाएको छ। क्षतिको विवरण संकलन भइरहेको डीएसपी थापाले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
