ऐसेलुखर्क–१ वडा कार्यालयले शुक्रबारेडाँडामा पार्क बनाएर कलाकार लैनसिं बाङ्देलको सालिक राखेको छ।
खोटाङ– वरिष्ठ कलाकार एवं साहित्यकार लैनसिं बाङ्देलको सालिक ११ वर्षपछि पार्कमा राखिएको छ।
दिक्तेल बजारमा अलपत्र अवस्थामा रहेको अर्धकदको सालिक ऐसेलुखर्क–१ राखाबाङ्देलस्थित शुक्रबारेडाँडामा पार्क बनाएर राखिएको हो। वडा कार्यालयले दुई लाख लागतमा घेराबारासहितको उद्यान निर्माण गरेर सालिक राखेको वडाध्यक्ष पुरुषोत्तम राजभण्डारीले बताए। “राखाबाङ्देल कलाकार बाङ्देलको पुर्ख्यौली थलो हो”, उनले भने, “लामो समयसम्म दिक्तेल बजारमा अलपत्र बनेको सालिक उहाँकै पुर्ख्यौली थलोमा सम्मानस्वरूप राखेका हौँ।”
सार्वजनिक स्थलमा राख्ने गरी मोरङको बेलबारीका मूर्तिकार श्याम गौतमले बाङ्देलको सालिक बनाएर २०६७ मा तत्कालीन जिल्ला विकास समितिलाई हस्तान्तरण गरेका थिए। गौतमले बाङ्देलको सालिकसहित हलेसीमा राख्ने शिवलिंग र बसाहाको ढुंगेमूर्ति निःशुल्क प्रदान गरेका थिए।
जिविस र जिल्लास्थित राजनीतिक दलले दिक्तेलको रत्नपार्क आसपासमा बाङ्देलको सालिक राख्ने निर्णय गरेका थिए। तर निर्णय कार्यान्वयन नहुँदा वर्षौँसम्म सडकपेटीमा प्लास्टिकले छोपेर बेवारिसे बनाइएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
