यस सिजन खराब लयमा रहेको लिभरपुलले वल्भ्ससँग ३–० को लज्जास्पद हार बेहोरेको छ।
काठमाडौँ– प्रिमियर लिग फुटबलमा एभर्टनले शीर्षस्थानमा रहेको आर्सनललाई पराजित गरेको छ।
एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा आर्सनल १–० ले स्तब्ध बनेको हो। एभर्टनको जितमा जेम्स तार्कोवस्कीले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ६०औँ मिनेटमा गोल गरेका थिए। आर्सनलले घरेलु टोलीविरुद्ध लगातार दबाब सिर्जना गरे पनि गोल गर्न सकेन। जितसँगै एभर्टन २१ खेलबाट १८ अंक जोडेर १८औँ स्थानमा छ। एक खेल कम खेलेको आर्सनल २० खेलबाट ५० अंकसहित शीर्षस्थानमा कायम छ।
शनिबार रातिकै अर्को खेलमा लिभरपुलले लज्जास्पद हार बेहोरेको छ। लिभरपुल घरेलु टोली वल्भ्ससँग ३–० ले पराजित भएको हो। वल्भ्सका लागि क्रेइग डसन र रुवेन नेभेसले गोल गरेका थिए। एक गोल उपहार पाएको थियो। जितसँगै वल्भ्स २१ खेलबाट २० अंक जोडेर तालिकाको १५औँ स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको लिभरपुल २९ अंकसहित १०औँ स्थानमा छ।
यस्तै म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ। युनाइटेड क्रिस्टलको घरेलु मैदानमा २–१ ले विजयी भएको हो। युनाइटेडको जितमा ब्रुनो फर्नान्डेस र मार्कस रासफोर्डले गोल गरे। क्रिस्टलका जेफ्रेले एक गोल फर्काए। जितसँगै युनाइटेड २१ खेलबाट ४२ अंकसहित तेस्रो स्थानमा छ। समान खेलबाट २४ अंक बनाएको क्रिस्टल १२औँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
