सन् १९९९ मा भएको सफल सैन्य ‘कू’ पछि परवेज मुशर्रफ पाकिस्तानका दशौँ राष्ट्रपति बनेका थिए। शरीरका अंगले काम गर्न छाडेपछि उनलाई तीन साताअघि अस्पतालमा भर्ना गरिएको थियो।
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफको ७९ वर्षको उमेरमा निधन भएको छ। आइतबार युनाइटेड अरब इमिरेट्सको दुबईस्थित अमेरिकी अस्पतालमा मुशर्रफको निधन भएको उनको परिवारलाई उद्धृत गर्दै पाकिस्तानी मिडिया द डनले जनाएको छ।
उनी लामो समयदेखि ‘एमाइलोइडोसिस’ नामक रोगबाट ग्रसित थिए। शरीरका अंगले काम गर्न छाडेपछि उनलाई तीन सातादेखि अस्पतालमा भर्ना गरिएको थियो। पाकिस्तानी सेनाका पूर्वप्रमुखसमेत रहेका उनको निधनपछि पाकिस्तानी सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अल्लाहले दिवंगत आत्मालाई आर्शिवाद दिऊन् र शोक सन्तप्त परिवालाई शक्ति प्रदान गरुन्।” मुशर्रफ सन् २०१६ देखि उपचारका लागि दुबईमा बस्दै आएका थिए।
निधनप्रति पाकिस्तानी संसद्का अध्यक्ष सादिक सन्जरानीले श्रद्धाञ्जलि र परिवारमा समवेदना प्रकट गरेका छन्। उनको मृत्युप्रति दुःख व्यक्त गर्दै पाकिस्तान तेहरिक ए इन्साफका पूर्वमन्त्री फवाद चौधरीले मुशर्रफ ‘महान् व्यक्ति’ भएको र उनको विचारधाराले जहिले पनि पाकिस्तानलाई प्राथमिकतामा राखेको बताएका छन्।
सन् १९९९ मा भएको सफल सैन्य ‘कू’ पछि मुशर्रफ पाकिस्तानका दशौँ राष्ट्रपति बनेका थिए। मुशर्रफ सन् १९९८ देखि सन् २००१ सम्म पाकिस्तानको चिफ अफ स्टाफ (सीजेसीएससी)को अध्यक्ष र सन् १९९८ देखि २००७ सम्म सातौँ शीर्ष जनरलसमेत भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
