सन् १९८० को दशकमा प्रत्येक एक हजार डेलिभरीमा नौदेखि १२ जोडी जुम्ल्याहा हुने गरेका थिए। तर नयाँ तथ्यांक अनुसार विश्वमा हरेक वर्ष १० लाख ६० हजार जोडी जुम्ल्याहा जन्मिने गरेका छन्।
के तपाइँलाई थाहा छ आजकल पहिलेभन्दा धेरै जुम्ल्याहा बालबालिका जन्मिरहेका छन्? आउनुस्, जुम्ल्याहा बच्चाबारेका रोचक तथ्य जानिराखौँ।
ह्युमन रिप्रडक्सन जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार विश्वमा जुम्ल्याहा बच्चा जन्मिने क्रम पहिलेको तुलनामा अत्यधिक बढेको छ। सन् १९८० को दशकमा प्रत्येक एक हजार डेलिभरीमा नौदेखि १२ जोडी जुम्ल्याहा हुने गरेका थिए। तर, नयाँ तथ्यांक अनुसार विश्वमा हरेक वर्ष १० लाख ६० हजार जोडी जुम्ल्याहा जन्मिने गरेका छन्। यो भनेको प्रत्येक ४२ वटा डेलिभरी हुँदा एकमा जुम्ल्याहा हुने गरेका छन्।
यस्तो किन भइरहेको छरु कृत्रिम गर्भधारण गर्ने र ढिलो बच्चा जन्माउनुलगायत कारण जुम्ल्याहाको संख्या वृद्धि भइरहेको जर्नलमा उल्लेख छ। आमाको उमेर जति बढ्दै गयो उति नै जुम्ल्याहा बच्चा जन्मने संभावना बढ्ने बताइन्छ। पछिल्लो तीन दशकको तथ्यांक केलाउँदा जुम्ल्याहा जन्माउने दर एक दशमलव नौ प्रतिशतबाट बढेर ७६ प्रतिशत पुगेको छ।
सन् १९८० को दशकमा जुम्ल्याहा बच्चा जन्माउने दर पूर्वी एसिया र दक्षिण अमेरिकाका कम, युरोप र उत्तर अमेरिकामा मध्यम तथा अधिकांश अफ्रिकी मुलुकमा बढी थियो। तर, पछिल्ला दशकहरूमा जुम्ल्याहा बच्चा जन्मिने क्रम विशेष गरी विश्वका धनी देशमा बढेको पाइन्छ।
गर्भधारणका लागि औषधी उपकरण प्रयोग गर्ने गरेको र बच्चा जन्माउन ढिलाइ गर्ने गरेका कारणनै जुम्ल्याहा बच्चा जन्मिने दर बढी रहेको जर्नलले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
