एम्बुलेन्स चालु अवस्थामा राख्न सम्बन्धित पक्षलाई पटक–पटक आग्रह गरिएको जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईको भनाइ छ।
खोटाङ– खोटाङ सेवा समाज बेलायतले जिल्लाका लागि सात एम्बुलेन्स एकसाथ उपलब्ध गरायो। समाजले छ वर्षअघि एक करोड १२ लाख रुपैयाँमा खरिद गरिएका ती एम्बुलेन्स दुई प्राथमिक स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्य चौकीलाई दिएको थियो।
तर बिरामीलाई चाहिएका बेला ती एम्बुलेन्स उपलब्ध हुँदैनन्। ऐँसेलुखर्क, लामाखु र सिम्पानीको एम्बुलेन्स लामो समयदेखि बिग्रिएर थन्किएका छन्। मर्मत गरेर पुनः सञ्चालनमा ल्याउन कसैको ध्यान गएको छैन। ग्यारेजमा चार वर्षदेखि थन्किएको एम्बुलेन्स मर्मत खर्च बढी लाग्ने भएकाले त्यतिकै रहेको ऐँसेलुखर्क गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले जानकारी दिए।
एम्बुलेन्स मर्मत गर्न छ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने उनले बताए। लामाखुको एम्बुलेन्स तीन वर्ष अगाडि सिराहाको कञ्चनपुरमा दुर्घटनामा परेपछि उतै थन्किएको एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मिलनचन्द्र राईले बताए। “उक्त एम्बुलेन्स पुनः सञ्चालनमा आउने सम्भावना कम छ,” उनले भने। यस्तै सिम्पानीको एम्बुलेन्स बिग्रिएर थन्किएको दुई वर्ष भयो। गाउँपालिका अध्यक्ष उदिमबहादुर राईका अनुसार एम्बुलेन्स पुनः सञ्चालनमा ल्याउन पहल भइरहेको छ।
चिसापानी, डाँडागाउँ, बाक्सिला बजार र बुइपाको एम्बुलेन्स भने हालसम्म सञ्चालनमा छन् । तर उचित व्यवस्थापन नहुँदा बिरामीलाई आवश्यक परेका बेला ती पनि उपलब्ध नहुने सेवाग्राहीको गुनासो छ। जिल्लामा भरपर्दो अस्पताल नहुँदा सामान्य रोगका बिरामीलाई उपचारका लागि बाहिर लैजानुपर्ने बाध्यता छ।
खोटाङ सेवा समाज बेलायतले दिएको सातबाहेक जिल्लामा अन्य नौ एम्बुलेन्स छन् तर चाहिएको समयमा उपलब्ध नभएको उपभोक्ताको गुनासो छ। स्वास्थ्य मन्त्रालयले दिक्तेल रुपाकोट मझुवागढी–५ लफ्याङका लागि उपलब्ध गराएको एम्बुलेन्स दिक्तेलस्थित रत्नपार्कमा बिग्रिएर थन्किएको छ। हलेसी तुवाचुङ नगरपालिकाको आफ्नो एम्बुलेन्स छैन।
नेपाल रेडक्रस सोसाइटी खोटाङ शाखाको एम्बुलेन्स पनि बिग्रिएको छ । काभ्रेको धुलिखेलमा दुर्घटनामा परेको र मर्मत भइरहेको रेडक्रस खोटाङका सभापति ज्ञानेन्द्र जोशीले बताए। एम्बुलेन्स चालु अवस्थामा राख्न सम्बन्धित पक्षलाई आग्रह गरिएको जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले बताए।
“सबै ठाउँमा पर्याप्त स्वास्थ्य सेवा उपलब्ध छैन। जुनसुकै समयमा पनि समस्या आउन सक्छ,” उनले भने, “सम्भावित घटनाबाट बचाउन उपलब्ध एम्बुलेन्स चालु अवस्थामा राख्न सम्बन्धित पक्षलाई आग्रह गरेको छु।” अधिकांश सडक कालोपत्र नगरिएकाले एम्बुलेन्स सञ्चालनमा समस्या रहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
