एमाले अध्यक्ष ओलीले देशमा स्थिरता र स्थायित्व हुन नदिन अनेक किसिमका षड्यन्त्रहरू भइरहेको बताएका छन्।
काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा स्थिरता र स्थायित्व हुन नदिनका लागि अनेक प्रकारका षड्यन्त्रहरू भइरहेका बताएका छन्।
मंगलबार अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशभित्र र बाहिरका शक्तिहरू देशलाई बरबाद पार्न क्रियाशील रहेको बताएका हुन्। “भित्र र बाहिरका अनेक शक्तिहरू यो देश बरबाद पार्न क्रियाशील छन्”, उनले भने।
एमाले देशलाई बरबाद पार्नबाट रोक्ने गेटपाले भएको भन्दै उनले सबैभन्दा पहिले एमालेलाई प्रहार हुनसक्ने बताए। “यो देश बरबाद पार्न सबैभन्दा पहिले यदि कुनै डाँकाले बैंकमा डकैती गर्नपर्यो भने पहिले पालेलाई प्रहार गर्छ। नेकपा एमाले यो देशमा डकैती गर्न नदिने गेटको पाले हो। यसमाथि नहानीकन भित्रै पस्न पाउँदैन। त्यसकारण पहिले यसमाथि प्रहार हुन सक्छ”, उनले भने।
अध्यक्ष ओलीले विगतमा नेपालको शिक्षालाई ‘बुर्जुवा शिक्षा’ भनेर प्रचार गरिनु गलत भएको उल्लेख गरे। कसैले पनि संस्थागत रूपमा शिक्षालाई बुर्जुवा शिक्षाको उपमा दिएर बहिष्कार गर्न नभनेको भए पनि कुनै व्यक्तिको लहडको भरमा त्यसो त्यसो गरिएको उनले बताए।
“वास्तवमा त्यो बुर्जुवा शिक्षा बहिष्कार गरौँको नारा बिलकुल नचाहिने काम थियो। र, त्यो संस्थागत रूपमा कसैले दिएको पनि होइन। केही मान्छेका लहडमा बुर्जुवा शिक्षा, मानिलिऊँ सर्वहारा शिक्षाको युनिभर्सिटी कतै उनले खोलेर राखेको जस्तो”, उनले भने।
अध्यक्ष ओलीले आगामी स्ववियु निर्वाचनमा अनेरास्ववियु विजयी हुनेमा विश्वास व्यक्त गरे। उनले नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अनेरास्ववियुसँग प्रतिस्पर्धा गर्न नसक्ने र अन्य विद्यार्थी संगठन भर्खरै सिक्दै गरेका भनी टिप्पणी गरे। उनले नेविसंघलाई अनेरास्ववियुले जहिले पनि छक्का हान्दै आएको बताए।
अध्यक्ष ओलीले अनेरास्ववियुको नेतृत्वका लागि सहमतिको प्रयास गर्न आग्रह गरे। उनले अनेरास्ववियु उद्देश्य बोक्ने संस्था भएको भन्दै महत्त्वाकांक्षा बोक्नु नहुने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
