पीएसजीको घरेलु मैदानमा ८२औँ मिनेटमा केलियन एमबाप्पेले गोल गरे पनि भीएआरले मान्यता दिएन।
काठमाडाैँ– च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई पराजित गरेको छ।
घरेलु मैदानमा पीएसजी १–० ले स्तब्ध बनेको हो। बायर्नको जितमा किङ्सले कोमानले ५३औँ मिनेटमा निर्णायक गोल गरे। तीन वर्षअघि च्याम्पियन्स लिगको फाइनलमा बार्यनले पीएसजीलाई हराउँदै उपाधि जित्दा पनि कोमानले एक मात्र गोल गरेका थिए।
मंगलबार राति पार्क डेस प्रिन्सेसमा भएको प्रतिस्पर्धात्मक खेलको ८२औँ मिनेटमा पीएसजीका केलियन एमबाप्पेले गोल गरे पनि भीएआरले मान्यता दिएन। अन्तिम समयमा बेन्जामिन पाभार्ड दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बायर्न १० खेलाडीमा समेटिन पुग्यो। लिग वान च्याम्पियन पीएसजीले सबै प्रतियोगिताको पछिल्ला तीन खेलमा लगातार हार बेहोरेको छ।
बायर्न सेप्टेम्बर १७ यता अपराजित छ। हालसम्म च्याम्पियन्स लिग जित्न नसकेको पीएसजीले अब दोस्रो लेग बायर्नको मैदानमा मार्च ९ मा खेल्दै छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
