सिलिन्डर विस्फोट हुँदा कांग्रेस सांसद चन्द्र भण्डारी र उनकी आमा गम्भीर घाइते, आईसीयूमा उपचार हुँदै

बुद्धनगरस्थित निवासमा बुधबार राति खाना खाएर सुतिसकेपछि सिलिन्डर बिस्फोट भएकाे भण्डारीका सहयाेगी भुवन भुसालले बताए।

काठमाडौँ– ग्यास सिलिन्डर विस्फोट हुँदा गुल्मी–१ का सांसद तथा कांग्रेस नेता डा. चन्द्र भण्डारी र उनकी आमा गम्भीर घाइते भएका छन्।

बुद्धनगरस्थित निवासमा बुधबार राति खाना खाएर सुतिसकेपछि सिलिन्डर विस्फोट भएको भण्डारीका सहयोगी भुवन भुसालले बताए। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार सांसद भण्डारी र उनकी ८६ वर्षिया आमाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

“माननयिज्यूको शरीरको करिब २५ प्रतिशत र आमाको ७० प्रतिशतभन्दा धेरै भागमा असर परेको छ। दुवै जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ,” चिकित्सकलाई उद्‌धृत गर्दै उनका सहयोगी भुवन भुसालले भने।