मन्त्रिपरिषद् बैठकले 'जनयुद्ध दिवस' र पृथ्वी जयन्तीको बिदा थप गरेर आगामी वर्षका लागि सार्वजनिक बिदा स्वीकृत गरेको छ।
काठमाडौँ– सरकारले अब प्रत्येक वर्ष ‘जनयुद्ध दिवस’ र पृथ्वी जयन्तीको सार्वजनिक बिदा दिने भएको छ। गृह मन्त्रालयबाट आएको प्रस्तावमा यी दुई बिदा थप गरे मन्त्रिपरिषद्को बैठकले आगामी वर्षका लागि बिदा स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले शुक्रबार जानकारी दिइन्।
बिदा पुनरावलोकन गर्ने सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको एउटा समितिले अध्ययन गरिरहेको भए पनि अहिले भइरहेका बिदामा तत्काललाई दुईवटा बिदा थप गरी बिदाहरू स्वीकृत गरेको उनको भनाइ छ।
“तत्काललाई क्यालेन्डर छापिसक्ने बेला भइसकेको अवस्थामा भदौसम्ममा पुनरावलोकन गर्ने र समग्र बिदालाई व्यवस्था गर्ने निर्णय सँगसँगै भइरहेका बिदामा दुईवटा बिदा थप गरेर बिदाहरू स्वीकृत गरिएको छ। थपिएको बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ को ‘जनयुद्ध दिवस’ रहेका छन्“, उनले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
