भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत सांसद भण्डारीको आज दुई वटा सामान्य शल्यक्रिया गर्ने तयारी छ।
काठमाडौँ– आगलागीबाट घाइते भएका नेपाली कांग्रेस नेता एवं सांसद डा. चन्द्र भण्डारीको भारतको मुम्बईस्थित 'नेशनल बर्न सेन्टर'मा उपचार भइरहेको छ।
उपचारमा संलग्न चिकित्सकका अनुसार नेता भण्डारीका 'पारामिटर'हरू सामान्य छन्। तर, ४८ घण्टा भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने बताएकाे मुम्बईमा रहेका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिए।
“उहाँको मुटुको धड्कन सामान्य रहेको, एण्टीबायोटिक्स लगातार गर्ने र आत्तिनु नपर्ने डाक्टरहरूले बताउनुभएको छ,” उनले भने, “आज १०:३० र १:३० बजे दुई वटा शल्यक्रिया गर्ने तयारी छ।” काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार सम्भव नभएपछि सांसद भण्डारीलाई बिहीबार दिउँसो मुम्बई लगिएको थियो। अस्पतालले उपलब्ध साधन र स्रोतबाट यथोचित उपचार नहुने भन्दै देश बाहिर लैजान सिफारिस गरेको थियो।
बुधबार राति निवासमा ग्यास लिक भएर आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा घाइते भएका थिए। आमा हरिकलाको उपचारका क्रममा बिहीबार निधन भएको छ। आगोले नेता भण्डारीको अनुहार र दुवै हातखुट्टामा बढी असर गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
