१३३ किलोमिटर लामो यस पैदल यात्रामा हजारौँ श्रद्धालु सहभागी हुन्छन्।
काठमाडौँ– मिथिलाको चर्चित सांस्कृतिक उत्सव १५ दिने मिथिला मध्यमा परिक्रमाको टोली जनकपुरबाट भारतको कल्याणेश्वरतर्फ प्रस्थान गरेको छ।
धनुषास्थित मिथिला बिहारी मन्दिरबाट निस्केको राम सीताको डोला जानकी मन्दिरमा दर्शन गराएर दक्षिणी ढोकामा रहेको हनुमान गढीमा पुगेपछि परिक्रमाको विधिवत् शुरूआत भएको हो। परिक्रमामा सहभागी श्रद्धालुहरू मंगलबार बिहान कल्याणेश्वरका लागि हिँडेका हुन्। नेपाल र भारतका गरी १३३ किलोमिटर लामो यस पैदल यात्रामा हजारौँ श्रद्धालु सहभागी हुन्छन्।
परिक्रमाको डोलालाई मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले काँध लगाएर शुरूआत गरेका हुन्। मुख्यमन्त्री यादवले डोलाको दर्शन गर्न पाउँदा आत्मीय आनन्दको अनुभूति भएको बताए। मिथिला बिहारी क्षेत्रलाई ‘मिथिला बिहारी विकास परिषद्’ बनाएर परिक्रमा मार्गलाई सहज र सुविधायुक्त बनाउने उनको प्रतिबद्धता छ। नेपाल र भारतबीचको धार्मिक–सांस्कृतिक महत्त्वलाई मिथिला मध्यमा परिक्रमाले वर्षौंदेखि प्रगाढ बनाउँदै आएको छ।
यसलाई व्यवस्थित गर्न सकिए दुवै देशको पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास स्थानीयको छ। हरेक वर्ष हुने परिक्रमामा भक्तजनले १५ दिनमा नेपालको १०७ र भारतको २६ किलोमिटर पैदल यात्रा गर्छन्। सहभागीले झाँकी, भजन, कीर्तन पनि गर्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
