लोसपाले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउन प्रधानमन्त्रीसँगको भेटपछि एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवासँग छलफल गर्ने भएको छ।
काठमाडौँ– प्रधानमन्त्रीले राष्ट्रपतिमा साझा उम्मेदवारको खोजी गरिरहेका बेला लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन राजनीतिक प्रयास अघि बढाएको छ।
लोसपाका शीर्ष नेताहरूको मंगलबार बसेको बैठकले साझा व्यक्तिका रूपमा पार्टी अध्यक्ष ठाकुरलाई राष्ट्रपति बनाउनुपर्ने निर्णय गर्दै छलफल थाल्ने निर्णय गरेको थियो।
बैठकको निर्णयपछि मंगलबार नै अध्यक्ष ठाकुरसहितका नेताहरू बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग छलफल गरेका छन्। अध्यक्ष ठाकुरको साथमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्लासहितका नेताहरू प्रधानमन्त्री दाहाललाई भेट्न पुगेका थिए।
उनीहरूले प्रधानमन्त्रीलाई भेटेर ठाकुरलाई राष्ट्रपति बनाउन आग्रह गरेका छन्। लोसपा नेता शुक्लले आफूहरूले प्रधानमन्त्रीलाई भेटेर साझा व्यक्तिका रूपमा अध्यक्ष ठाकुरलाई राष्ट्रपति बनाउन आग्रह गरेको जानकारी दिए।
“कांग्रेसले दिएको उम्मेदवार एमालेले स्वीकार गरिरहेको छैन। एमालेले दिएको कांग्रेसले स्वीकार गरिरहेको छैन। यो परिस्थितिमा गणतन्त्र, संघीयताप्रति शुरूदेखि नै पूर्ण समर्पित रहेको र १२ बुँदेमा पनि भूमिका खेलेको व्यक्ति ठाकुर हुनुहुन्छ भनेर भन्यौँ”, उनले भने, “तपाईंले राष्ट्रिय सहमतिका लागि खोजी रहेको पात्र उहाँ नै हो, त्यसैले सहयोग गर्नुस् भनेर आग्रह गरेका हौँ।”
आफूहरूको प्रस्तावमा प्रधानमन्त्रीले सकारात्मक जवाफ दिएको शुक्लको भनाइ छ। प्रधानमन्त्रीसँग भेटवार्ता गरेको लोसपाका नेताहरूले ठाकुरलाई राष्ट्रपति बनाउनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने भएका छन्।
नेता शुक्लाका अनुसार मंगलबार राति नै एमाले अध्यक्ष ओलीसँग र बुधबार बिहान कांग्रेस सभापति देउवालाई भेटेर ठाकुरको पक्षमा सहमतिका लागि प्रयास गर्न लागिएको हो।
उनले राष्ट्रिय सहमतिका लागि उपयुक्त पात्र ठाकुर नै भएको भन्दै अन्य दलहरू यसमा सकारात्मक भएमा उहाँ सर्वसम्मत उम्मेदवार बन्न सक्ने पनि बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
