बिहीबार कारोबारमा आएका २६० कम्पनीको ६३ लाख २६ हजार कित्ता सेयर २ अर्ब ५२ करोड २७ लाख १३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
काठमाडौँ– साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ। बुधबार नेपाल राष्ट्र बैंकले लघुवित्तलाई निर्देशन दिएका कारण बिहीबार ५७.७४ अंकले गिरावट आएको हो।
राष्ट्र बैंकले लघुवित्त कम्पनीलाई १५ प्रतिशतभन्दा बढी लाभांश दिएमा बढी दिएको लाभांशको ५० प्रतिशत जगेडामा राख्नुपर्ने र १५ प्रतिशत सीएसआर र ३५ प्रतिशत ग्राहक संरक्षण कोषमा राख्नुपर्ने व्यवस्था गरेको छ। बिहीबार ४० भन्दा बढी लघुवित्त कम्पनीको सेयर नकारात्मक सर्किट लागेको छ।
नेप्से परिसूचक ५७.७४ अंकले घटेर २०२२.६४ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ११.९५ अंकले, फ्लोट इन्डेक्स ३.९८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.९२ अंकले घटेको छ।
बिहीबार कारोबारमा आएका २६० कम्पनीको ६३ लाख २६ हजार कित्ता सेयर २ अर्ब ५२ करोड २७ लाख १३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बुधबारको तुलनामा नेप्से घटे पनि कारोबार रकम भने बढेको छ।
बिहीबार नेप्सेका १३ उपसमूहमध्ये लघुवित्त कम्पनीको सेयरमूल्य उच्च दरले घटेको छ। लघुवित्त उपसमूहको परिसूचक ९.५४ प्रतिशत घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ। छिमेक लघुवित्त ८ करोड ७० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
