रुस–युक्रेनबीचको युद्ध एक वर्ष पूरा भएको दिन शुक्रबार बोल्दै जेलेन्स्कीले युक्रेनले युद्ध नहारेको दाबी गरे।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध जित्नका लागि युक्रेनले ‘जे पनि गर्ने’ प्रतिबद्धता जनाएका छन्। रुस–युक्रेनबीचको युद्ध एक वर्ष पूरा भएको दिन शुक्रबार बोल्दै जेलेन्स्कीले युक्रेनले युद्ध नहारेको दाबीसमेत गरेका हुन्।
युद्धको एक वर्ष पुगेको दिनको सम्झनामा बुचा शहरसहित युक्रेनका विभिन्न स्थानमा भइरहेका कार्यक्रमका सहभागीले युद्धमा रुसले मानवताविरुद्धको अपराध गरेको आरोप लगाएका छ।
दोस्रो विश्वयुद्धपछि युरोपमा चर्किएको रुस युक्रेनबीचको युद्ध भयानक बनिरहेको छ। विश्वका १४१ भन्दा बढीले देशकाले युद्ध अन्त्यको प्रयास थाल्नुपर्नेमा जोड दिएका छन्। विभिन्न देशले युद्धको निन्दा गर्दै युद्धमा मृत्युवरण गरेका व्यक्तिहरूप्रति श्रद्धान्जलि दिएका छन्। बेलायतका चर्चसहित विभिन्न स्थानमा मौन धारण गरिएको छ। बेलायती प्रधानमन्त्री ऋषि सुनकले युक्रेनको समर्थनमा मौन धारण गरिने बताएका थिए।
बेलायतका राजा चार्ल्स तृतीयाले युक्रेनमा रुसी आक्रमणको निन्दा गर्दै युक्रेनको आत्मविश्वास र साहसको प्रशंसा गरेका छन्। युद्धको एक वर्षसम्म पनि हार नमानेको भन्दै युक्रेनको प्रशंसा गरेको बीबीसीले लेखेको छ।
यस्तै, अमेरिकी राष्ट्रपति बाइडेनले यो युद्धको आवश्यकता नै थिएन। यो केबल दुखद घटना हो भनेका छन्। संयुक्त राष्ट्रसंघले पनि युद्धमा रुसलाई नै दोषी देखाउने प्रस्ताव बहुमतले पारित गरेको छ।
यसैबीच, रुसी पूर्वराष्ट्रपति दिमित्री मेदभेदेभले रुसी सेनाले युक्रेनी बललाई पोल्यान्डको सीमासम्म पुर्याउनुपर्ने बताएका छन्। हाल रुसको सुरक्षा परिषद्का उपाध्यक्षसमेत रहेका मेदभेदेभले रुसको जित निश्चित रहेको बताए। साथै, रुसको ‘विशेष सैन्य अपरेसन’ का सबै लक्ष्य प्राप्तिमा उनको जोड थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
