माओवादी केन्द्र, कांग्रेससहितको चार दलको छलफलमा नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टी पनि मिसिएका छन्।
काठमाडौँ– सरकारको नेतृत्व गरिरहेको पार्टी नेकपा माओवादी केन्द्रसहितका चार दलको बैठक बालुवाटारमा जारी रहँदा अन्य साना तीन दल पनि मिसिएका छन्।
राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरेर माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबीच भइरहेको छलफलमा नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टी पनि मिसिएका हुन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रपतिको उम्मेदवारका बारेमा छलफल गर्न सात दलका शीर्ष नेताहरूबीच छलफल जारी रहेको छ। शनिबार राष्ट्रपतिको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगले समय तोकेको छ। त्यसअघि राष्ट्रपतिको उम्मेदवार को भन्ने टुंग्याउन दलहरूबीच छलफल भइहरेको छ। उनीहरूबीच निर्वाचनअघिको पाँच दलीय गठबन्धन ब्युँताउनेबारे पनि छलफल भइरहेको बताइएको छ।
यसअघि बालुवाटारमै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गरेका थिए। प्रतिनिधिसभाको बैठकमा भाग लिएर ओली सिधै बालुवाटार पुगेका थिए। उनीहरूबीच करिब दुई घण्टा लामो छलफल भएको थियो। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीचको छलफल बिनानिष्कर्ष टुंगिएको थियो।
नेकपा एमालेले पुस १० गतेको सहमतिअनुसार आफूले राष्ट्रपति पाउनुपर्ने बताउँदै आएको छ। उसले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि अघि सारेको छ। प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको नेपाली कांग्रेसले राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई समर्थन गर्न दबाब दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
