नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए।
काठमाडौँ– बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपतिमा नेपाली कांग्रेको उम्मेदवारलाई सघाउने सहमति गरेको छ।
शुक्रबार नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेससहित आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो।
बैठकमा सहभागी एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए।
“सत्तामा रहेका र प्रतिपक्षमा रहेका आठ दलको बैठकमा एउटा अजेन्डामा मात्र छलफल भयो। प्रधानमन्त्रीले संसद्को ठूलो दल नेपाली कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गरौँ भन्ने प्रस्ताव ल्याउनु भयो“, उनले भने, “त्यो प्रस्तावमा आठ वटै दलले नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन तथा सहयोग गर्ने टुंगो लगाएको छ।“
उनका अनुसार अब कांग्रेसले पार्टीभित्रबाट राष्ट्रपतिको उम्मेदवार छनोट गरेर शनिबार प्रस्तुत गर्नेछ। उसले प्रस्तुत गरेको उम्मेदवारलाई बालुवाटार वार्तामा संलग्न ८ दलले समर्थन गर्ने छन्।
बैठकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहित राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका शीर्ष नेताहरूको सहभागिता रहेको थियो।
निर्वाचन आयोगले राष्ट्रपतिका लागि शनिबार मनोनयन दर्ता गर्ने समय तय गरेको छ। राष्ट्रपति चयनका लागि फागुन २५ गते मतदान हुँदैछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
