पानी परेपछि केपी ओली कपअन्तर्गत पहिलो सेमिफाइनलको खेल स्थगित भएको छ।
काठमाडौँ– मेघगर्जनसहित वर्षा भएपछि केपी ओली कपअन्तर्गत पहिलो सेमिफाइनलको खेल रद्द भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार फाइनल प्रवेशका लागि विभागीय टोली त्रिभुवन आर्मी र सातदोबाटो युथ क्लब भिडेका थिए। तर, पहिलो हाफको ३८औँ मिनेटको खेल चलिरहँदा मेघगर्जनसहित वर्षा शुरू भएको थियो।
वर्षाका कारण पहिलो हाफ सकिएपछि १० मिनेट खेल रोकेकर दोस्रो हाफ शुरू गरिएको थियो। तर, दोस्रो हाफको ५३औँ मिनेटको खेल चलिरहँदा पनि वर्षा रोकिने छाँटकाँट नदेखिएपछि आर्मी र सातदोबाटोका प्रशिक्षकहरूसँग छलफल गरेर रेफ्रीले खेल रद्द गरेका हुन्। खेल गोलरहित बराबरीमा छ।
खेल सोमबार बिहान ११ बजे पुनः खेलाइने आयोजकले जनाएको छ। सातदोबाटो बिहीबार भएको उद्घाटन खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो।
यता, आर्मी शुक्रबार सन्पन्न खेलमा न्यूरोड टिम (एनआरटी)लाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो। दोस्रो सेमिफाइनल सोमबार दिउँसो ३ बजे मछिन्द्र क्लब र आयोजक केपी एफसी भिड्ने छन्।
मछिन्द्रले शुक्रबार चर्च ब्वाइजलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो। यता, केपी एफसीले शनिबार जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै मछिन्द्रसँगको भेट पक्का गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
