एमाले अध्यक्ष ओलीले सहयोद्धा र शहीदहरूलाई धोका दिने व्यक्तिबाट आफूले धोका पाउनु कुनै ठूलो विषय नभएको बताएका छन्।
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को बोली र काम गराईमा तालमेल नरहेको टिप्पणी गरेका छन्।
आइतबार राजधानीमा आयोजित शहीद, घाइते तथा बेपत्ता परिवारको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालको स्वभाव नै बेग्लै रहेको बताएका हुन्। उनले राष्ट्रपतिको मनोनयनको अघिल्लो दिनसम्म प्रधानमन्त्री दाहालले आफूलाई छक्क्याइरहेको टिप्पणी गरे।
“पुष्पकमल दाहाल प्रचण्डज्यु बोल्नुहुन्छ भाषा बेग्लै, गर्नुहुन्छ काम अर्कै। हेर्नु देब्रेपट्टि हुन्छ, निसाना दाहिने पट्टि हुन्छ,“ उनले भने “उहाँले अस्तिसम्म पनि छक्क्याइरहनु भयो। उहाँले हातमा चक्कु लिएर बस्नु भएको थियो। मलाई भन्नु भयो फूल लिएको छु।“
उनले प्रधानमन्त्री दाहालको चरित्रबारे पहिल्यै थाहा पाएकाले आफू भ्रममा नपरेको पनि बताए।
उनले प्रधानमन्त्री दाहालले ढाँट्न, छक्क्याउन अप्ठ्यारो नमान्ने तर्क गरे। उनले सहयोद्धा र शहीदहरूलाई धोका दिने व्यक्तिबाट आफूले धोका पाउनु ठूलो विषय नभएको उल्लेख गरे।
“आफूलाई त्यस ठाउँमा पुर्याउने सहयोद्धा तथा शहीदहरूलाई धोका दिन भयो भने मलाई धोका दिन कुन ठूलो कुरा भयो र!“ उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
